Kunjani


लाग्छ है मलाई आज

यो ठाउँको सारा साज

गहना तिनलाई भनी, दिए छरेर।

कोपिला रसका छाती

गुलाफका गाला जाति,

अँध्यारो केश माथि

भँवरे नानीमा जून जून भरेर।

यो कोल्पू कलकल नीरकी

गुलाफ झाँगे तीरकी।

जून बादल कोमल शिरकी

पहाडको खोली खिड्की

कुञ्जिनी अप्सरा, हेर्छिन् नुहेर।

लौ हेर, स्वर्ग भरी

चमचमे झल्के परी

पृथ्वीले फूल पारिन् ज्योति दुहेर।।7।।