Vinod Pushpanjali


स्वयं निराधार विषे टनाटन

असंख्य ब्रह्माण्ड खडा गरीकन

जगत् जगायो कुन कर्मिले किन

तँलाइ मालुम् छ कि यो कुरा मन

कवित्वका लागि कुनै नचाहिने

जमीन आधार, कतै नबाँधिने

त्यसै गरी भाव र अर्थयोगले

जगत् सदा सन्तुलिंदै खडा भयो।।3।।