Chintan Pyaaj

एब्स्ट्र्याक्ट चिन्तन : प्याज


हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटें। भन्नुहुन्थ्यो -- शंकरजी, तपाईँको लेख, त्यो लेख,
शंकर लामिछाने शंकर लामिछानेको दृष्टिमा पढें।
कस्तो लाग्यो?
मजाको छ। अलि रियलिष्ट छ, अब एउटा एब्स्ट्र्याक्ट पनि लेख्नुस्न।
एब्स्ट्र्याक्ट पेन्ट गर्ने त तपाईँको काम म कहाँ पेन्टिङतिर जाउँ अब।
होइन, पेनपिक्चरमा एब्स्ट्र्याक्ट शैली प्रयोग गर्नुस्न।
म हाँसी रहें। (हाँस्न जान्नु पनि ठूलो कला हो मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको
कलामा अनेक रंग चढ्न थाल्छन्।) हाँसेर मैले बाङ्देललाई बिदा दिएँ, र कुरालाई पञ्छाएँ पनि।
व्यथितजीको हातमा हिमानीको कभरडिजाइन थियो। देख्नासाथ बुझिन्थ्यो बाङ्देलको बुरुश हो।
त्यसरी नै जसरी हिमानी नाम सुन्नासाथ व्यथितको कलमको सम्झना आउँछ। भन्नुहुन्थ्यो --
तपाईँ जस्तो कलम चल्ने मान्छे, एउटा कथा 12 दिनमा लेखेर दिनुस् न म विदेश जाँदै छु यसलाई
छपाउनs: विजयादशमीको साइतमा झिक्ने।
म हाँसी रहें। (हाँस्न जान्नु पनि ठूलो कला हो कुन मानिससँग कसरी हाँस्नुपर्छ त्यो जानिएन भने
रोएको बराबर दुःख पाइन्छ।) हाँसेर मैले व्यथितजीलाई बिदा दिएँ, र कुरालाई पञ्छाउन खोजें पनि
तर, मनबाट न व्यथित गए, न बाङ्देल, न हिमानी, न एब्स्ट्र्याक्ट मन पनि कमालको वस्तु हो
(त्यसमा कुरा परेपछि निकाल्न गाह्रो छs: निकाल्न खोज्यो, आफ्नो व्यक्तित्व र कुराको स्वयं
व्यक्तित्वमा संघर्ष भइदिन्छ। मनबाट, फेरि त्यही कुरा परेकै रूपमा किमार्थ निस्कदैंन -- त्यसको
काँचुली फेरिसकेको हुन्छ मैले मन पल्टाउन थालें, हेरिहालूँ यसमा खेलिरहने कुरा पनि कत्ति छ
व्यथितजी कृष्णले मुख खोलेर यशोदालाई विश्वरूप देखाएका थिए। तपाईँ आज मेरो विश्वरूप
हेर्नुहोस्s: मेरो मनमा के छ? तर, पहिले म तपाईँलाई एउटा कुराको सम्झना दिइहालूँ। म बीसौं
शताब्दीको (अंग्रेजी) एउटा बुद्धिजीवी हूँ। मध्यबित्त परिवारको, विवाहित, केटाकेटीको बाबु, तरुनी,
स्वस्थ, निर्माणको भावनामा दत्तचित्त, सोझो नागरिक र म चिन्तित छु, मेरा अनेक समस्या छन्।
सबभन्दा ठूलो समस्या हो -- म दशगजा जमीनमा उभिएको छु। एकातिरको सिमानामा मेरा पुर्खाको विश्वास
छ, एकातिरको सिमानामा मेरा सन्तानको विश्वास म स्पुतनिकको उडानमा खुशी पनि हुन्छुs: चन्द्रमाको
धूलोमा रुसको हँसिया हतौडाअंकित चिन्ह उतारेको सुन्दा मलाई यस्तो गौरव अनुभव हुन्छ मानौं
हँसियाहतौडा मेरै घरबाट खुश्चेभले मागेर लगेका थिए। र अर्कोतिर, चन्द्रमामा ग्रहण लागेको वेला पेटमा
कुनै गर्भिणीले छोइदिन्छे कि भन्ने म पीर पनि मान्दछु -- च्यामे पोडेलाई दान पनि दिन्छु, मानौं
महाराज मनु मेरा लामिछाने परिवारकै बाजे हुन्। म समाचारको निमित्त अखबारहरू, गोरखापत्रदेखि लिएर
टाइम्स र न्यूज विकलीदेखि लिएर फिल्मफेयर र रोमान्स पनि पढ्छु। मलाई प्रत्येक खबरमा एक विश्वास
सँगाल्नुपर्दछ, परिरहेको छ। म्यारिलीन मनरोको आत्महत्या र एलिजावेथ टेलरको नयाँ प्रेमको समस्या पनि
मेरो मनमा छ मेरो मनमा ड्याग ह्यामरशोल्डको मृत्यु, यू.एन.ओ. का कार्यवाही, यू. थान्ट, अमेरीका र

रुसको शीत युद्ध, लाओस, सुएज, गलवान भ्याली, काश्मीर, मलाया, इरियन सिलोन ৷৷. सब समस्या मेरा मनमा
छन्। हेनरी मिलरको ट्रपिक अफ क्यान्सर पढें, अब क्याप्रिकर्न कहाँ पाउने? सर विस्टन चर्चिलको
तिघ्रा भाँच्चियो, बन्छ कि बन्दैन? यू.एन्.ओ.मा नेपालले के भन्ला? कंगोले कतापट्टिबाट भोट
बढ्ता पाउला? छोरालाई टाइफाइड भएको निको भयो, आज अब मासु पाइने हो कि होइन, एकादशी आज भोलि दुबै
दिन रे, एक वैज्ञानिकले घाँसबाट दूध निकाल्ने प्रयोग सफलतासाथ गरे, अराष्ट्रिय तत्वले सिमानाभित्र
पसी फलानोलाई गोली हान्योs: फ्रान्सका राष्ट्रपतिलाई हत्या गर्ने प्रयास गरियोs: एल्जेरियाको
समस्या कसरी सुल्झने हो, आल्वेयर कामू पनि त एल्जेरियाकै हो, उसको आजकल मिथ अफ सिसीपस पढ्दैछु,
टेलिभिजनको प्रसारण टेल्सटरले यूरोपमा उपलब्ध गरायो, पारी खेतमा ज्यापू मर्यो, मलाई
जानएधुनलाबाज्या भन्थ्यो, त्यसको छोराछोरी छैनs: बाङ्देलको पनि त छोराछोरी छैन,
एब्स्ट्र्याक्ट चित्रण गर भन्छ, हिमानीको कभर जस्तो, व्यथितको भाषा जस्तो ৷৷.
यस्ता असंगत अनेक विचारका सिमानाको बीचमा मैले आफ्नो व्यक्तित्वको दशगजे किनारा राखेको छु।
भन्ठान, ओ व्यथितहरू र बाङ्देलहरू, मेरो जीवन नै एउटा एब्स्ट्र्याक्ट जीवन हो, यसबाट त म रोज
पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु। रोज मेरो प्रातःकाल तरकारी किन्न पैसा चाहियो -- बाट
प्रारम्भ हुन्छ, रोज मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या अलि
बढ्ता थाकेर आएछुमा समाप्त हुन्छ। रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति
समय खर्च हुन्छ। रोज अलि इतिहास सम्झिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको
मूल्याङ्कन गर्दछु। रोज मोलमोलाइ, खरीदबिक्री, बन्धकब्याज गर्दछु -- आफ्ना आस्थाको आफ्ना
विश्वासको आफ्ना इच्छाआकांक्षाको। आज ल्याएको मासु, नोकरलाई सुकुचाले ठगेछ, जम्मै हाडै हाड ৷৷.
आजको दूध एकदम पातलो ৷৷. दाउरा कत्ति चिसो, कत्ति महँगो -- यिनै सब कुराको घेरा छ जो
गृहिणीले, बच्चाले, भान्छेले उद्गार भनी मेरै मनमा पोख्तछन्। यसभन्दा बाहेक अरू उद्गार छन् जो म
स्वयं आफ्नो मनमा कोचिटोपल्छु -- आजको पार्लियामेन्टमा नेहरूले यसो भन्यो, त्यसमा कति सत्य होला
खुश्चेभले बर्लिनबारे चालेको यो नयाँ कदमले संसारमा के असर पर्ला? विश्वयुद्ध भयो भने कहाँबाट
शुरु होला? थ्यालिडोमाइड औषधिले कति बच्चाको जीवन अन्धकारमय हुने हो? आह एल्फ्रेड नायस कहाँ
मर्न पुगेछ? तर उसको पहाडमै मर्ने इच्छा थियो रे
बाङ्देलजी कुनचाहिं मानिसको जीवन एब्स्ट्र्याक्ट छैन? कुनचाहिं मानिसको जीवन घृणित छैन --
कमसेकम उसले मौनताले आफ्नो दुर्गन्ध नढाकुञ्जेल? कुन मानिसको भावना घृणित छैन, कमसेकम
मुस्कानका तरेलीले त्यसलाई नपुरुञ्जेल? कुन मानिसको मनमा लोभ छैन -- कमसेकम नाराले त्यसलाई
नमारुञ्जेल? व्यथितजी ती सतयुगे ऋषिमुनिहरूको जमाना छैन अब अब त प्रत्येक जागरुक मान्छेको
मस्तिष्क कृष्णको विराटरूपभन्दा कम सानो छैन
आजको प्रत्येक मान्छे एक भगवान् हो। यस्तो भगवान् जसले आफ्नो संसार स्वयं निर्माण गरेको हुन्छ --
छलले, कपटले, धोखाले, हत्याले ऐनले गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले,
मुर्ख्याइँले। आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैनs: उसले आफ्नो प्रतिद्वन्द्वी क्राइष्ट
र मोहम्मद र बुद्धमा पनि पाउँछ। फेरि आज भगवान् अलि डिप्लोमेट पनि छ -- पुरेत जस्तै ৷৷. यसो
गर्न त कसो नहोला, पुरेतजी? -- ज्यू हुन्छ ৷৷. जस्तो। आजको भगवान् फेरि अनीश्वरवादी पनि छ --
बुद्ध जस्तै। र आजको भगवान्लाई मानिसले कण्ट्रोल गरेको छ -- बर्थ कण्ट्रोल जस्तै। भगवान् चाहियो,
हाजिर छन्, भगवान् चाहिएन, गायब छन् जत्ति मात्रामा चाहियो, उत्ति मात्रामा आउँछन्। कविताको लागि
चाहियो, छन्दबद्ध भै हाजिर, स्तुतिको निमित्त चाहियो, कोष भई हाजिरs: चाकरीको निमित्त चाहियो
इन्साइक्लोपीडिया भई हाजिर -- गरीबपरवर (उर्दूमा), करुणानिधान (संस्कृतमा), ख्वामित् (शुद्ध
भानुभक्ते नेपालीमा) ৷৷. अँ भन्दै थिएँ, आजको मानिस स्वयं भगवान् बनिसक्यो, उसमा ती सब गुण
व्याप्त छन् जो एक ईश्वरमा हुनुपर्दछ -- सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको
गुण त्यो सच्चा मानिस जो सिर्फ छ र

मरुञ्जेल मानिस नै भइरहन्छ र मानिसकै रूपमा मर्दछ।
आजको मनुष्यत्व हराएको, तर भगवान् हुन नसकेको, मानिस खोज्नुपर्ने भए, व्यथितजी र बाङ्देलजी
मकहाँ आउनुहोस्। मभन्दा ठूलो अमानवीय अरू मानिस तपाईँ पाउन सक्नुहुनेछैन, र अरूले स्वयं म जस्तो
आफ्नै परिचय पनि दिनेछैन के गरूँ, व्यथितजी, मैले आक्रकोशमा आफूलाई अमानवीय भनेको होइन। म,
हेर्नुस्न हिन्दू, सबै भगवान् त मनपराउँछु नै, मलाई कसो कसो क्राइष्ट र बुद्ध र मुहम्मद पनि
मनपर्छन्। मलाई ईश्वरउपरका सबै प्रकारका आस्था र उसका नाममा भएका सबै प्रकारका अत्याचारहरू पनि
मनपर्छन्। ती नभएका भए -- ती क्रुसेडहरू, ती शंकराचार्यका हमालाहरू, ती अशोकका धर्मदूतका
विजययात्राहरू, ती तुगलक शाहका जेहादहरू -- ती सब नभएका भए आज व्यथितहरू हिन्दू, बांगदेलहरू ईसाई तथा
शंकरहरू मुसलमान कसरी हुन्थे, म सबैमा विश्वास गर्ने र कुनैमा पनि श्रद्धा नगर्ने हुन सक्थें। कसरी
म अहं ब्रह्मास्मि भन्न सक्थें जब मलाई आफूउपर विश्वास नभई अरूउपर हुँदो हो।
म त आजको मान्छे होइन, व्यथितजी म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ। मेरो जन्मकालमा
राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि
हुनेछैनन्
आज जो म दशगजामा उभिएको छु -- त्यसको कारण अब भनिदिउँ, तपाईँहरूलाई। म चाहन्न तपाईँहरूको घेरामा
आफूलाई पार्न। म चाहन्न तपाईँको रंगमा डुबकी लगाउँ। सिमाना नाघेपछि त मैले नागरिकता लिनै पर्छ --
यसकारण म अनागरिक। म स्वयं एक सिमाना हुँ जसले वर्तमानलाई भूतबाट र भूतलाई भविष्यबाट अलग गरेको छ।
तपाईँले सिमाना देखेकै होला 10 गजाको बीचमा एक पञ्चमुखी लिङ्ग अज्ञात रूपबाट निर्मित -- जसलाई
कसैले बेलपत्र चढाउँदैन। तर, जसलाई सार्न पर्यो अथवा हटाउनु पर्यो भने बलि चढाउनुपर्दछ अनेकका रगतको।
यो सिमानाको रंग के हो, बाङ्देलजीs: सेतो? (जस्तो लट्ठामा हुन्छ)s: खैरो? (जस्तो माटोमा
हुन्छ)s: रातो? (जस्तो मान चित्रमा हुन्छ)s: बग्ने (जस्तो नदीनालामा हुन्छ)s: अदृश्य
(जस्तो हिमालका टाकुरामा हुन्छ) यी सिमाना रेखालाई, तपाईँ बाङ्देलजी एब्स्ट्र्याक्ट चित्रण
गर्न सक्नुहुन्छ भने, म पनि मेरो मनलाई एब्स्ट्र्याक्ट चित्रण गर्न सक्दछु।
तपाईँले त्यो नगरुञ्जेल, र नसकुञ्जेल म पनि अव्यक्त रहन चाहन्छु। मैले आफूलाई आज एब्स्ट्र्याक्ट
चित्रण गरें भनें, त्यसलाई बुझ्न फेरि पेरिसको वातावरणमा सास फेर्नुपर्नेछ। मेरो एब्स्ट्र्याक्ट
चित्रण पढ्नलाई तपाईँलाई फेरि एकदिन घोक्नुपर्नेछ।
यसकारण म हाँसिदिन्छु।
यसकारण मेरो हाँसोमा विभिन्नता छ। एउटा व्यथितलाई, अर्को बाङ्देललाई, अर्को मेरो छोरालाई।
यसकारण म बाँचिरहेछु, किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिष्ट चित्रण गरेको छु।
रियलिष्ट चित्रणमा त, म एउटा प्याज हुँ -- रंगहीन, पत्रै पत्रले मोडिएको, अनन्त दुर्गन्ध र
गहिर्याइ।
आजको कृष्णको विराट्रूप पनि त प्याज हो। त्यसकारण, बाङ्देलजीको प्याज एउटा स्टीललाइफ लेख्नुस्।
त्यसकारण व्यथितजी, प्याजमाथि एक महाकाव्य लेख्नुहोस्। तपाईँहरूको त्यो कृति ऐतिहासिक हुनेछ -- कारण
त्यसमा आजको व्यक्तिको, र आजको समाजको दुर्गन्ध अनन्त पत्रमा अनन्तकालसम्म संचित रहनेछ। र त्यही
चित्र र त्यही काव्यमा म पनि अनन्तकालसम्म बाँचिरहनेछु।
त्यो चित्र र त्यो कविता आज लेखिएन भने, भोलि, हिमानीको मृत्युमा, बाङ्देलको मृत्युमा,
शंकरको मृत्युमा, भविष्यले आजको इतिहास गुमाउनेछ।
৷৷. 1000 वर्षपछि सिमाना हराए जस्तै।