Vinod Pushpanjali




कहाँ थियो बास अघी म को थिएँ

कसो हुँदा यो पिंजडा लिँदो भएँ

कहाँ छ जानू कुन साथ लीकन

तँलाइ मालुम् छ कि यो कुरा मन

यहीँ थिएँ व्याप्त भई बसीरहें

सुयोगले देह बनेर देखिएँ

सखा छु आफैं म हिँडीरहन्छु नि

छ है परंधाम मभित्रभित्र छ।।1।।