Chintan Pyaaj

साहित्य -- आलुबखडा कि आऊँ?


क्षितिज धमिलो छ। दक्षिण फर्केको बरण्डामा बसेर म आलुबखडाको रूख हेरिरहेको छु। हावा छैन, फूल
लटरम्म फुलेको त्यो रूखमा पात अझै आइसकेको छैन। सेतो एक दुई फूलका पत्र अनायास झर्दछन् -- रूखमुनि
सेताम्मे भइसकेको छ। एक दुई भँवरा झुम्मिरहेंछन् ৷৷. यो हो बाहिरी अवस्था।
आउँ परेको छ, पेट कटकट काटिरहेछ, छिनछिनमा दौडिनुपर्छ, खानमा मुख बारेको छ, घरबाट बाहिर ननिस्कने
गरी म आज आराम लिन बसेको छु -- यो हो शारीरिक कुरा
बैशाखमा समालोचनाङ्क निस्कँदै छ रूपरेखाको, मलाई लेख लेख्नुछ, कसरी प्रारम्भ गरूँ?
पत्ररूपमा, निबन्धरूपमा? कामु को अस्तित्ववादको आधारमा वा ৷৷. आ, -- उत्तमभाइ, के गरेको यो,
मलाई किन सकसमा पारेको जे म जान्दिनँ त्यसउपर लेख लेख भनिदिएर तिमीले -- माफ गर, तिमी मा
आत्मीयता झल्कन्छ भन्छन्, तिमी भन्छु है -- तिमीले के गरेको लेखक हुँ म सायद, र यसै नाताले
तिमी चाहन्छौ जे पनि मेरो कमलबाट उत्तिकै प्रभावोत्पादक रूपमा आइरहनेछ। सम्पादक भएको नाताले तिमीले
बुझनुपर्दछ लेखक चौबीसै घण्टा लेखक रहन सक्दैनs: र जसका अनेक अवतार हुन्छन्। जस्तै म छु -- मलाई दोष
दिइन्छ म ज्यादै आत्मवादी हुँदैछु रे -- मलाई आफ्नै कुरा गर्न मन लाग्छ। नाउँ कमाउन मन लाग्छ,
अर्को देवकोटा बनूं नेपाली साहित्यमा -- तर अलि सुधारसाथ, उनको जस्तो प्रतिभा त होवोस् तर त्यो
आर्थिक अस्थिरता -- चाहिं होइन -- म चाहन्छु उनकै जस्तै ৷৷. जानदेऊ, उनीसँग आफूलाई दाँज्नु पनि एउटा
ठूलो आत्मविडम्बना हो भन्दै थिएँ, लेखक लेखकभन्दा बढी मनुष्य हुन्छs: र यो मनुष्य छ नि, यो
साह्रै अनौठो प्राणी हो मैले आजसम्म केही बुझन सकिनँ। एक गुजुल्टाइँ -- राम्रो उपमा दिऊँ,
लट्टाईं भत्केको वेला गुजुल्टिएको धागो झैं -- एक अनौठो चरित्र हुन्छ यसको। अरू लेखक शायद वास्तवमा
लेखक होलान् -- सबै लेखक महान् त अवश्यै हुन्छन्, कमसेकम उनमा महान् भइदिने प्रेरणा उम्रेको, एक
आकांक्षा, एक कल्पना हुन्छ तर ৷৷. जीवन, उत्तम भाइ, एक कम्प्रोमाइज हो महानतमा र लघुतमको समास, र
यो कम्प्रोमाइजको भावना छ नि, यही एक भावनाले मानवतालाई बचाइराख्यो र माथि उठ्न पनि दिएन ৷৷. म
के गर्दै छु? असलमा, शंकरजी लेख लेख समालोचना अंकका लागि तिम्रो यो गन्थन पढ्ने आवश्यकता
पाठकलाई किन हँ?
ठीक हो पाठक महान् मनुष्य हो बिचरा, बीसौं शदीको यो दौडिरहेको भागिरहेको जीवनमा, हताश भएको
बेला ऊ आफ्नो मनलाई शान्ति दिन साहित्यपट्टि फर्किन्छ -- उसलाई गुजुल्टाइँको रूप बनाएर तिमीलाई के
मिल्छ, लेखक? उसलाई परम्परमेश्वरको महान् अनुकम्पा -- आह यो पृथ्वी, यो राष्ट्र, आफ्नो देश,
मातृभूमि, यसका प्राकृतिक सौन्दर्य, यसका सुखी जनता, आफ्नो सुन्दर शान्त, विशालता, आफ्नो हिमाल,
वनजङ्गल, तराई, सुनौला साँझ, ग्रामबालिका, धानका झुप्पा -- आह ईश्वरको त्यो महान् अनुकम्पा, ऊ
मानिस भएर जन्मन पाएको, यो सब भोग्न पाएको, यो सब सौन्दर्य बटुल्न पाएकोs: यी सौन्दर्यको स्तुति
गाए, लेखक (तर, कता के पूर्जा खुस्केको छ, यसमा यो सब सौन्दर्यको केन्द्र बिन्दुमा, कता हो कता
के खस्रोपन छ 2850 परिवारले पहाड त्यागेर राप्तीमा जान हिंडेको पदचाप? -- थाहा छैन, थाहा
छैन) उत्तम भाइ, यस्ता सौन्दर्यको बखान गर्ने अर्को कविता आयो भने, त्यस कवितालाई व्यक्तिगत पत्र
लेखेर सोधे -- कवि, तिमीले अनुभव गरेको भावना हो यो -- अथवा यस्तो अनुभव, गर्नुपर्दछ भन्ने
तिम्रो परम्परागत आदर्श हो? -- मलाई लाग्दछ, साहित्य वास्तवमा विडम्बना हो किनभने साहित्य नाम
कमाउने पेशा मात्र हो बिहान बेलुकाको माम कमाउन अनेक झूट, छलकपट, धोका म हृदयले तिमीलाई प्यार
गर्छु -- बेवकूफ, प्यार हृदयमा हुन्छ? प्यार भनेको त यौनभावनाको विकृत, अचेतन रूप हो ৷৷.
म साहित्यसेवक, यसो लेखिटोपल्छु -- मूर्ख, आन्तरिक भावना तेरो के पूजनीय सराहनीय बन्ने
होइन? ৷৷. ) आत्मश्लाघा अपनाएर फुर्सतको वेला सरस्वतीको सेवा () गर्ने व्यक्तिमा के सत्य
प्रस्फुटित हुन्छ? -- आह अथार्थसाहित्यको आजकाल बडा बोलबाला छ जो पनि भन्छ साहित्यमा
यथार्थवाद मलाई बुझाइदेऊ

उत्तम भाइ, यो यथार्थ भन्ने आदर्श कति पुरानो घिसेपिटेको भावना हो भावना होइन, नारा हो।
साहित्य यथार्थ हुनै सक्दैन -- त्यसरी नै जसरी साहित्य आदर्श हुनै सक्दैन यथार्थ धुत् ৷৷.
लेखक, यसरी आफूलाई र संसारलाई धोखा नदे एक निमेषभित्र जो मनमा जीवनभरिका अनेक भावना, विचार,
कल्पना, परिकल्पना, इच्छा, आकांक्षा, आशा, निराशाको सम्मिश्रण भएको बहुरूप उम्रिन्छ के त्यसलाई कहिले
यथार्थ ढंगबाट अवतिरत गर्न सक्छ? यो लाइन लेख्दालेख्दै मैले कामूको त्यो लाइन सम्झें -- गम खाएर
प्रश्न गरौं -- कलामा यथार्थ सम्भ छ? ৷৷. एकमात्र यथार्थ कलाकार, यदि ल भने, ईश्वर छ। अरू यस
यथार्थ निमित्त अवास्तविक छन्, अनि थाहा छैन किन हो केनेडी सम्झें, अमेरिकन लाइब्रेरीको बोर्डमा
टाँगेको फोटोहरू सम्झें, लाइफ मैगजीनको केनेडीविशेषांक सम्झें, श्रीमती केनेडीको घर हेरेर आएको
भन्दै थियो, तुलसी, त्यो सम्झें देउजाले मृत्युसमारोहको वर्णन गरेको सम्झें, मार्टिन लूथर किंग
आउँछ, हरिहरराज जोशी आउँछ ৷৷. यही हो यथार्थ, यसलाई यस एकछिनको विचार श्रृंखलालाई व्यक्त गर्न यसमा
रहेको तारतम्य बुझाउन मैले प्रयास गरें भने, सायद मलाई सम्पूर्ण जीवन लाग्नेछ। अनि म के गर्छु भन्ने
जान्दछु, मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरू पनि मन पराउलान, र त्यस मनपराइको
माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्s: भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ ৷৷. यही
हो साहित्य ৷৷. यही छलकपट धोका, एक सेलेक्शनको रूप हो साहित्य -- होइन, उत्तम भाइ, साहित्य यथार्थ
होइन साहित्यमा जो युगअनुसार अनेक बाद आए, तिनको अस्तित्व मान्दिनँ भनेको होइन मैले। ती थिए। तर
युग निकै अगाडि बढिसक्यो। आजको यो खुम्चिएको संसारमा, जब अल्जेरिया र अमेरिका हाम्रो निम्ति
त्यत्तिकै नगीच -- छन्, जत्ति रूपरेखाको अफिस, आज मनुष्य एकाकी छ (अनौठो हगि) आजको
मनुष्य पढ्छ, लेख्छ, सुन्छ, र अगाडि बढ्छ वाद अपनाउनासाथ उसको प्रगतिमा घेरा लाग्छ। ऊ चाहन्छ
स्वतन्त्र हुन, ठीक होs: कामुको अस्तित्ववाद उसको किताब पढुञ्जेल मेरा लागि ठीक छ। अन्तिम अक्षर
नाघेपछि म समाप्त त हुन्नँ, ममा स्थिरता ढ्याम्मै त व्याप्त हुँदैन, त्यसभन्दा पर पनि सोच्नुपर्छ
मैले, अनि पर जो म सोच्नु नि त्यो निश्चय पनि अस्तित्ववाद -- को घेरामा बाँधिन सक्दैन। आजको
व्यक्ति व्यक्तिवादी छ। (यो अर्कै कुरा, राष्ट्रहितको बिचारले हामी आफ्नो व्यक्तिवादिताको केही अंश
चन्दास्वरूप प्रदान गरौं ৷৷. त्यो बाँच्नका लागि गरिएको कम्प्रोमाइजको सौदा हो) आजको साहित्यलाई
मलाई नामकरण गर्ने अनुमति दिन्छौ भने, उत्तम भाइ, म भन्दिन्छु आजकालको र भविष्यका केही कालसम्मको
साहित्य व्यक्तिगतसाहित्य, व्यक्तिवादी, हुनेछ। हेनरी मिलरले भनेको सम्झन्छु आउँदा साहित्य,
प्रथमवचनमा लेखिएको व्यक्तिको आफ्नो अनुभव हुनेछ र त्यसमा दिन परदिन असत्यवादिता कम हुँदै गएको
हुनेछ। ठीक होइन त? प्रकृतिको वर्णन गर्ने खालका साहित्य वेदमा नै उत्कर्षमा पुगे, व्यक्तिको
स्तुति, रामायणमा, -- आज तिनको के आवश्यकता? -- रियलिष्ट इम्प्रेशनिस्टिक, एक्सप्रेसनिष्टिक,
सरलियिष्ट र अस्तित्ववादी -- आह यिनको पनि युग थियो, गयो अब अब त व्यक्ति छ, जो आफ्नो
गुजुल्ट्याइँमा निसास्सिएको छ, र त्यही अन्यौलमा ऊ आकुल भई आर्तनाद गर्छ। समूहको विरुद्ध एक
व्यक्तिको आर्तनाद अर्को व्यक्तिसङ्ग मिल्दैन, किनभने खुम्चिएको व्यक्तित्व व्यक्तित्वको कोणमा अन्तर
हुन्छ र त्यो आर्तनादलाई कसरी हामी साम्यवादी वा फ्रायडवादी घेरामा राखी तौलन सक्छौं? व्यक्तिको
जीवनमा वादहरूको सम्मिश्रण हुन्छ, उसलाई एउटै परिवेशमा अटाउने दुस्साहसको गर्न सक्छ हँ?
अन्धाहरूले हात्ती छामेर गरेको वर्णन सम्झन्छौ, उत्तम समालोचना भनेको कुरा साहित्यउपरको त्यही
व्यंग्य हो। अहिले मैले लेखिरहेको अनौठो यो मेरो कुरा लेऊ। साहित्यको कुन वादमा यसलाई राख्ने? यसमा
निराशा छ (निराशावादी?)s: यसमा आशा छ (आशावादी?)s: यसमा आकांक्षा छ नाम कमाउने
(आकांक्षावादी?)s: यसमा इच्छा छ मेरो म अलि रमाइलोपन ल्याउँ (हास्यवादी?)s: यसमा मैले
अस्तित्वको कुरा गरें (अस्तित्ववादी?)s: यसमा मैले -- जान देऊ, यसमा अनेक छ तर पनि म पूर्वरूपले
उत्रन सकेको छैन, किनभने यसमा छानिएको विचार मात्र छन् र म छानिएको विचार मात्र होइन -- यसमा मेरो
अहं भाव झल्किएको छ केही केही, म घमण्डी होइन, छैन पनिs: यसमा ती कैयन् कुरा छुटेका छन् जो म छु --
आज यदि तिमीले यही एक लेखको आधारमा, या मेरा जुनसुकै, वा सबै लेखको आधारमा मेरो विश्लेषण गर्न खोज्यौ
भने कत्रो भाम्लो हुन जानेछ। -- त्यो दुस्साहस मैले स्वयं आफूउपर गर्न सकेको छैन किनभने बिहान र
बेलुकाको मेरो विचारधारामा खल्तीमा पैसा भएको र नभएको वेलाका सोचाइमा, पेट भरेको र भोको भएको वेलामा,
म भिन्न ढङ्गले सोच्छु कार्ल मार्क्स र कालिदास, फ्रायड र अनातोले फ्रान्स, कामू र

गाँधी सबै मभित्र बाँचेका छन् -- र म ती भित्र र बाहिर दुवै छु -- मौका परिस्थिति हेरी ती मलाई
भन्छन् -- देखिस् र म हेरिदिन्छु र आँखा चिम्लिदिन्छु र एक गीलास पानी खान्छु र एक दिन अरू
बाँचिदिन्छु। ती मसँगै बाँचिरहन्छन्। र ती म होइनन् र म तिनको घेरामा उभिएको पनि छैन। अब, तानासर्मा
वा जगदीशशमशेर वा ৷৷. कसैले पनि, मेरो स्वास्नीले नै पनि, जो अगाडि बसेको छ र लुगामा इस्त्री
लाइरहेकी छ र जो हिसाबले मेरो व्यक्तित्वसँग निकै नगीच छ, उसले पनि कसैले पनि कसरी भन्न सक्छ अहिले
मलाई के बादले देखिएन भन्दैछ (मनमनै अहिले सोच्दैछु, लेख लामो त भएन?) -- जीवन त्यसै त
अगम्य छ, (एक आनन्दपूर्ण अनुभव हगि) त्यसउपर यो लेबिल टाँस्ने कामको बोझ किन हँ। लेबिल त मानिसले
जहिले पनि उत्काउने प्रयास गर्छ -- आह एक परमेश्वरसँग तादात्म्य गर्न समष्टिमा समावेश गर्ने
रे -- त फेरि एक लेखकको औपचारिक प्रदर्शनलाई समालोचकले किन लेबिल लाउने हँ?
औपचारिक प्रदर्शन? चोट लाग्छ हगि तर कति सत्य हामीले जीवनभर के भन्न -- चाहेको -- हो
त्यही पैलाउन सक्दैनौं, किनभने भन्ने कुरा बुझ्दा बुझ्दै जीवन समाप्त भइदिन्छ। हामीमा जब आफूलाई
निर्देशन दिन सक्ने सामर्थ्य हुँदैन -- अरूलाई भन्ने अर्ती दिने कुरा नै के छ र? तीन वर्षअघि
लेखेको कुरामा आज फर्केर हेर्दा कस्तो हाँसो उठ्छ -- त्यस वेला मेरो भन्नु त्यति रहेछ ()। आज जो
म भन्दैछु, भोलि फर्केर हेर्यो भने केटाकेटीको खेल लाग्नेछ। मलाई आफ्ना विश्वासउपर नै जब यसरी हाँसो
उठ्छ भने म कुन साहसले मेरा देशका दाजु भाइलाई भनुँ -- भाइहो, मैले लेखेका कुरामा
सत्यम्सुन्दरम्शिवम् छ, त्यसमा यथार्थ छ, त्यसमा मेरो युगको आह्वान छ, त्यसमा एक दर्शन छ पाठक
त्यति मूर्ख त हुँदैन उसले मेरो कुरा नबुझोस्। पाठक बुझदछ लेखकले मलाई ठग्यो है भनेर -- लेखक किन
लेख्छ? राम्रो प्रश्न लेखकले आजसम्म आफूलाई र पाठकलाई धोखा दिइरह्यो। जस्तै भर्खर प्रेम
परेकाहरू आफ्ना जीवनका राम्रो पक्ष मात्र प्रेमिकालाई प्रस्तुत गर्छन्, उसै गरी लेखक आफ्ना तत्कालीन
अनुभवको असल रूप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ। त्यसैले मैले भनेको औपचारिक प्रदर्शन। वास्तवमा
लेखकको जीवन ৷৷. लेखनी ৷৷. रचनामा नलेखिएका पक्ष प्रशस्त हुन्छन्। तिनलाई व्यक्त गर्न सक्ने साहस
कत्तिको छ उसमा -- जान दिउँ, यो कुरा पनि नगरुँ, किनभने त्यो साहस ममा पनि अझै छैन। मेरा अग्रजहरूको
कमजोरीको मैले हँसी उडाएको होइन। ती महान् (साँच्चै नै महान् भनेको मैले) व्यक्तिको जीवनमा एक
ध्येय थियो, एक आदर्श थियो, त्यसैलाई लक्ष्य गरी उनले आफ्नो जीवन समप्त गरे हामी आज अनेक
आदर्शहरूको मोडमा पुगेका व्यक्ति, आदर्शहरूको जीर्ण युगको यो संघर्ष वेलामा, नवीन प्रेरणा उम्री
नसकेको वेलाका बिचरा मनुवा हामी, हामी नयाँ युगको दैलोमा पुगेर शङ्का र संकोचले बेरिएर पाइला सारौं
नसारौं गरिरहेका व्यक्ति यथार्थता ल्याउनुपर्छ, साहित्यमा यथार्थवादको नारा सुनिरहेका व्यक्ति
हामी अलमलिएका पृथ्वीको व्यक्ति, आज हाम्रो साहित्यमा वास्तविकता ल्याउने हो भने त्यही वातारण त्यही
৷৷. के भनूँ? अलमलिएँ। मनमा गुम्सिएका भावना अझ भन्न सकेको छैनँ अँ, परम्पराको डोको बोकिरहेका
हामी हाम्रो निधारमा नाम्लोको डाम अझै छ त्यसलाई मेटुँ होला अनि सायद बुद्धि आउला, पाउँछौ भने
आर्तोको नो मोर क्लासिक्स् पढ्नु है हामीमा, हाम्रा समालोचकहरूमा आर्तो खोज्ने काम तिम्रो
उत्तम भाइ हामीमा त अझैं ज्ञान छैन -- रचनाकाल, पठनकाल र समालोचनाकालमा संसार कत्ति चिप्लेर अगाडि
गइसकेको हुन्छ -- जस्तै रामायणको समालोचना (वा आवश्यकता नै) आज फ्रायडवादी दृष्टिबाट गरियो भने --
राम राम भानुभक्त मुर्च्छा पर्छन्। ৷৷. यो जो अन्तर छ टाइम र स्पेसको (फोर्थ र फिफ्थ
डाइमेन्सनको) सम्झना आइरहेछ तिलविक्रम नेम्वाङ्गको तेस्रो (मात्र) आयामको त्यो पनि सायद
महत्वपूर्ण छ। ৷৷. सायद त्यसको पनि विचार राख्नुपर्दछ। (मेरो धेरै पटक सायद शब्द प्रयोग गर्ने
बानी छ यो मेरो अनिश्चितताको बोधक हो -- निश्चित भए सायद पछि म स्थिर हुन्छु भन्ने मलाई डर छ) --
सम्पादकको नाताले सायद यो प्रश्न तिम्रो मनमा पनि आउनेछ उत्तम भाइ -- अहिले त मेरो सामु क्षितिज
धमिलै छ, चाहे त्यसमा मेरो अगाडि आलुबखडा नै फुलेको किन नहोवोस्, चाहे भमरा नाचिरहेकै किन नहोउन् --
मेरो पेटमा आउँ परेको छ, र त्यसो नभएको भए म यी लेख्ने मौका पनि कहाँ पाउँथे र -- क्यूरियो
बेचिरहेको हुन्थें हुँला (यस कथनमा तिमी श्लेष नखोजे नि) ৷৷. र यत्ति जो गन्थन गरें यो गन्थन पनि
सम्भव थिएन। (नम्र भइदिएको नि, हुन त मेरो मनमा महान् लेख लेखें भन्ने भावना ढ्याम्मै जमेको
छ)