Chintan Pyaaj

हामी पाइताला हौं : फगत पाइताला (भूपि शेरचन -- हामीबाट)।


त्यसैले हामी गोरेटोको आत्मा। हाम्रा असंख्य पाइताला नसरुन् त गोरेटोलाई दुई किनारका घाँसले
स्वाट्टै निलिदिन्छन्। प्रकृतिको प्रतीक घाँस, त पाइतालाको प्रतीक गोरेटो। प्रथम पाइताला जसले झाँग
फाँड्यो होला, उकालो उक्ल्यो होला, द्यौरालीमा सुस्तायो होला, एक तान छेड्यो होला, निश्चय पनि त्यो
प्रथम पाइताला ईश्वरको हो -- एक निर्माणरत अनुसन्धान प्रेरित अग्रज। समूहको भेडाधसानबाट अलग्गिने एक
वानर मनुष्यको अग्रज हो। मनुष्यको भेडाधसानबाट अलग्गिने चाहिं ৷৷. (पख अहिले भन्छु। त्यही भन्न त
यत्रो सुरसार गरेको। अलि भूमिका कसूँ, र कथन प्रस्ट पारुँ होला।)
धेरै अघि केटाकेटीमा एउटा खप्पर देखेको थिएँ -- काशीमा। पलङ्गको सिरानमा एक खोपा थियो, कपडाले
छोपिराखेको। राती निद्रा लागेन, उत्सुकतावश मामाको कोठाको मालताल निरीक्षण गर्न थालें। पर्दा झिकेको
एक खप्परको मौन परपेचुअल हाँसो पर्छ सामु। झस्किनँ भन्न सक्दिनँ, तर पनि डराइनँ। मरेपछिको रूप त्यही
हो भने, सबै मर्छन्, म पनि मर्छु, किन डराउने हगि? (थाहा छैन यो विचार अहिलेको हो कि उही बेलाको
हो।) जे होस्, मलाई आकर्षित गर्ने चिल्लो सेतो हाड, त्यो बङ्गारा आँखा हुने ठाउँका खाडल र ৷৷.
निधारमा कोरिएको रातो र नीलो किरमिरे धर्काले। ललाटको एक छेउबाट अर्को छेउसम्म मानौं हात कामेर कसैले
बाङ्गो धर्को दुई पटक तानिदियो -- नीलो र रातो डटपेनले। पछि थाहा पाएँ, त्यै छैटीको दिन भावीले
हाम्रो निधारमा, हामी सबैको, अर्को भाग्य रेखा त्यही हो। पानी, हिलो, कीरा, श्याल, गिद्धका पञ्जाबाट
उम्कन सक्ने त्यो नमेटिने रेखा हाडमा नै कोरिएको हुँदो रहेछ। आज अनायास गोरेटोको खोजीमा
सम्झँदा गोरेटो सम्झेंs: नागबेली परेको गाईले हिंड्ने बाटो, अनि सम्झैं आकाशबाट देखिने साना
खोलानालाको रूप अनि सम्झें देशहरूका बीचको लालसिमानारेखाविजय मल्लको छोरीलाई मानचित्र
पढाउँदा, अनि कसोकसो त्यो खप्पर सम्झन पुगें। अठारबीस वर्षअघिको त्यो घटना किन सम्झियो, त्यो
साइकियाट्रिस्टको जिम्मा। झवास्स मनमा एक हलुको भूकम्प गयो -- त्यो अज्ञात मानिसको खप्परमा कोरिएको
रेखा भाग्यमानी थियो थिएन, जान्दिनँ, तर त्यसरी गङ्गामा अफालिएर त्यसरी अगतिमा मरेको एक व्यक्तिको
1820 वर्ष पुरानो खप्परले म जस्तो जिउँदो मानिसको सृजन गर्न तत्पर भएको वेलाको स्वच्छ मस्तिष्कमा
छाप मार्नु ৷৷. अनौठो हगि। त्यो पनि नयाँ गोरेटोको खोजीमा लागेको बेला।)
अनि, आज अनायास मानौं त्यो रेखात्यो भाग्य रेखा, जो साइज्मोग्राफिक (Seismographic) रेकर्ड झैं
देखिन्थ्यो। अँत्यसको अर्थ मानौं मैले अब बुझें। हाम्रा हृदयमा भएको प्रत्येक कम्पन, प्रत्येक
हलचल, प्रत्येक पीडा त्यहाँ अंकित हुन्छ, ठीक उसै गरी जसरी भूकम्पको लहर अङ्गन गरिन्छ।
जुन दिन ललाटको त्यो गोरेटा, जसउपर त्यस व्यक्तिले पाइताला चाल्दै आफ्नो जीवन बितायो, त्यसको अर्थ
लाग्छ, त्यस दिन मानिस पूर्ण मानव बन्छ। राष्ट्रको, व्यक्तिको, समाजको ऊँचनीच, घटनादुर्घटना,
सुखदुःख ती कम्पनमै, एक अज्ञात अनाम नागिरकले बटुलेको रेखामै निहित् छन्। त्यहीं छ सच्चा इतिहास
लेखिएको, एक निर्लिप्त इतिहासकारद्वारा, त्यहीं छ आलोचनासमालोचनाप्रत्यालोचना गरिएको एक वादहीन
दृष्टिले। म त्यो पढ्न सक्दिनँ तर त्यसमा भएको खाका, रूप, एक भावना म बुझदछु।
म बुझदछु, त्यो एक विशाल यथार्थ लेखनी हो -- जसमा कान्छा र कान्छीको प्रेम, प्रतिक्रिया र पाप छन्,
जसमा स्वास्नी पोइल गएको कम्पन पनि हुन सक्छ, साहूले घर जग्गा लगेको चोट पनि, नोकरी छुटेको, छोरा
मरेको, घर जलेको, भोक, शोक, रोग, अनिकाल परेको, अनि विवाह, धन, मर्यादा, छलकपट, सफलताप्रत्येक सुख,
तृप्ति, साहस, कम्पन निहित् छ। म मात्र के, सबै जान्दछन् यो साइज्मोग्राफिक रेखाका क्रिया, कारण र
निवारण के हो। यो पंक्ति पढिरहने मेरो मित्र, के तिमी जान्दौ, तिमीलाई अहिले यस क्षण जो अप्ठ्यारो छ
त्यसको कारण के हो?
यो डाँडापारि के छ, मानौं सबै जान्दछन्, तर मानौं प्रथम पाइला सार्न कसैलाई साहस छैन। ৷৷.
अँ त, मनुष्यको भेडाधसानबाट अलग्नि सक्ने, अलग्गिन चाहने मानिस ईश्वर हो। (यही म अघि भन्न
चाहन्थें।) ईश्वर असलमा हाम्रै बीच छ। हामीले पाइतालामात्र चिन्न सक्नुपर्छ, त्यो पाइताला जसले
नयाँ गोरेटो कोर्छ।
फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
आज म बुझदछु, मेरो अटोग्राफ कपीमा आफ्नो सर्वश्रेष्ठ पंक्ति भनी किन देवकोटाले यी दुई लाईन कोरे
र ৷৷. कुरै गर्ने हो भने विष्णु पादुका किन पुजिन्छ -- त्यो पनि प्रष्ट छ।
आज यो कुरा मलाई बुझाउन कुनै अनाम अज्ञात व्यक्तिले अठारबीस वर्षअघि आफ्नो जीवन समाप्त गर्यो। यही
कुरा बुझाउन, सबैलाई, अनेक महात्मा ऋषिहरूले युग बिताए। तर पनि ৷৷. संसार वर्गीकरण
(Classification) मै रत छ। अझै पनि साधारणतया, र धेरैजसो मानिस (Generalise) गर्छ, गरिन पुग्छ।
शेक्यपियरकै भएर के भो, ह्याम्लेट र रोमियो जुलियटलाई Deweydecimal classification मा सँगै
राखिन्छ, एउटै शेल्फमा जिल्दा जोडेर। कहाँ ह्याम्लेट कहाँ रोमियो यो जुलियट। ती स्वयंमा आफ्ना एक
अलग संसार हुन्। त्यसरी नै, यदि साथसाथ बस्ने दुई व्यक्तिको अस्तित्व पनि अलग एकएक व्यक्तित्व हो
भनी हामीले हृदयदेखि मानेको दिनएक नयाँ गोरेटो कोरिन्छ।
गोरेटोहरूको अलमलिने जङ्गलमा त्यही गोरेटो म पैलाउँदैछु। स्वयं म प्रथम पाइला सार्न सक्छु सक्दिनँ
जान्दिनँ।
तर कुनै दिन मेरो ललाट केही गरी विष्णमतीका बगरमा फेला पार्यो भने ओ मेरा सन्तति, त्यसका धर्कोमा
तिमी पढ्न खोजे, हूल, रेजिमेन्टेशन र गोरेटोहरूका जंगलमा एक छिन अडेर यसले आफ्नो हृदयको साइज्मोग्राफ
ललाटमा अंकित गरेछ।
खास हरी हरिहर जोशीटुकुचामा तिमी निश्चय भए