‹ ›
डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,सिम्सिमे पानी, बतास चीसो बरफ झैं डुलेको।मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका।स्याउला चीसा, ओछ्यान खासा जाडोले बज्ने दाँत,पकाई झिक्ता नखान पाई काँचाको काँचै भात (बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामामदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमाकल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दीह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी।)।ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका।खौरेका शिर भोटेका गुरु, ती माला फिराई,गम्भीर चाला, गडेका आँखा अनौठा लगाई। मणिपद्मे मणिपद्मे भनेर हिंडेका,कपाल थापी आशीर्वाद मागी बटुवा बढेका।त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा(हिमालको आकाश किनारापारि बुद्धको शीतल घामसुनौला बादलनगरी जस्तो गन्धर्वपरीग्राम,बिपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,स्वर्गमा यात्रा गरे झैं चले बाटाको बिर्सी ताप,ह्लासाको झल्के सुनका छाना उनका आँखामा,रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामादूधले न्वाउँथिन् भोटकी रानी, फूलमा सुत्तथिन्,हिमालको हिउँसँगैमा स्पर्धा छालाले गर्दथिन्,गुलाफसँग दाँजिनुपर्थ्यो ऐनामा गाला रेएक राज्य किन्ने गलामा उनको रत्नको माल रे।फूलको मह सहेली टिप्थे बागमा छानेर,मणिको प्याला उचाली पिउँथिन् आनन्द मानेर।तरङ्ग यस्ता हजारौं चले मदनका मनमा,सुनेको माथि कल्पना लागी रँगिलो क्षणमा।बाटो त साह्रो उकालो ठाडो कहीं छ बित्ते भीर,कहीं छ डोरी टाँगेको पुल कहाली रिङ्ने शिरs:पातलो उचाइ धप्काउँदो फोक्सो मुटुलाई फोरेर,गरलनीला पर्वतमाथि पर्वत चढेर,तपस्वीलाई निर्वाणनिम्ति चढाई कठोरहजारौं सही भए झैं विफल कष्ट भो अघोर,बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा,नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा,प्रकृति उनलाई छक पारिदिन्थिन्, झल्काई मुटु वाः।बादलु देशमा टाकुरे गाउँ सेर्पाको विचित्रगर्जनतल, इन्द्रेनीतल,झुल्कन्छ घाम, तल छ जलमाथि छ मानव स्वर्पुरमा झैं चुलीमा पवित्रस्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,चरण फ्याँक्ने बाँसुरी तालमा, अप्सरा लजाई,सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्रलुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र।पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ?मनमन भन्थे मदन त्यहाँ यहाँ क्या जीवन छहिमाल हाँक्ने तेजस्वी जाति स्वभावतपस्वी,विश्वमा नेपाल विक्रमतेजले हुनेछ यशस्वी।कहीं ता झर्ना नौ धारे बनी आदिम गानाले,गुञ्जायमान शीतल पर्वत शीकर दानाले।अमृत जल त्यो भन्दा मीठो पृथ्वीमा पाइन्न,प्रकृति कहीं यत्तिकी धनी शब्दले गाइन्न,ढुङ्गाको दाँत, झन् तीखो बतास दाह्रा नै किटाउने,विचित्र जन्तु सैरने वन गोधूलीछायामा,कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा।कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोलशहरका सङ्गीतकविताभन्दा बनेली अनमोलजीवनको मीठो आनन्द चर्को हरियो हावामाउद्गार गरी थरी र थरीफुर्फुरी गर्ने भुर्भुरी लिने,उत्तम सिर्जन रङ्गीन चरीs: सुन्दरका कायामापुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामाक्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,भीषण काली क्रोधमा तर,नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी।कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेकाअत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलेका,सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,देखेर मदन गद्गद हुन्थे विचित्र मिठासमामिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवभा,चाञ्चल्यको नै आनन्दस्वरूप फुर्केको रहरमा,इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेरमदन चढे पर्वत ऊँचा हिमालमा लागेर,पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,उषाले बाल्थिन् लखबत्तीचूह्ली सुनौला ज्वालामा,एकान्त त्यहाँ शासन गर्थे साम्राज्य सेतोमातपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ,सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ,मानिसलाई चुनौती दिने हिउँका टाकुराडुबुवा दिनले छोएर बल्थेप्रकृतिमन्दिर सुनौला गजूर धप्के झैं हजारौंविशालताको रोमाञ्चकारी हिमाली स्वरूप,विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप।करुणाजस्तो कोमल निर्मल हिउँको काया छ,भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ।रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास।सकलयुगको इतिहास जानी निश्चल तपस्वी,सागर भेटी बादल फ्याँक्थेआसिकजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी।जुनले लस्दा हिमाल महल कान्तिले कोमल,चाँदनी स्वर्ग, चाँदिलो सपनाअमृतजलपनिवास बन्थ्यो उमाको शीतल,पीयूषजलमा छायाको सार झन्कै झँ मञ्जुल।एकान्तलाई त्योभन्दा ठूलो विलास थिएन,संसारी विष निभाउने शीतलत्योभन्दा अर्को भूतलमा कहीं स्थल नै थिएन।अनेक गङ्गा निर्झर नाला आँसु झैं दयामा,पग्लेर स्वतः बर्बर झर्झर्तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियाँमा।श्यामल धन नेपालको भन कसको वरदान?जलडोरे अनेक सभ्यता गुगका कसको प्रदान?उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,आश्चर्य के छ भारत खोज्थ्योत्यो दिव्य मीठो आभास सधैं आत्मालाई जगाउने।उचाली आफ्नो मनको तह तरङ्ग उचालीहिमालप्रदेश पार गर्थे मदन हृदय उचाली।धूपीका घारी सल्लाका घारी पर्वत चढेका,हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका।पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन्।बतास भो तीखो, हिमाली श्वास सियो झैं कडा भो,भोट जाने युवा हिउँको लामो लहरमा खडा भो।बुर्बुरे चीनी हवाले छानी सल्लाको सियाभर,पवित्रताको पीठोको धूली पर्वतमा छरबर,शीतमा थियो अग्निको जलन पैताला जलाउनेहावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,बतासले दाह्रा किटेर टोक्थ्यो साँझमा मुटुलाई,भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,सुकुटी चिया भेडाको धूली चौंरीदूध गट्टालेबचाए बल्ल क्या कष्ट पाए बाटामा पट्ठालेप्रकृतिदेवी मानिसप्रति क्रूर र निठुरीभएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी।उब्जनी छैन खानलाई छैन पिउन नदारत,बल्ल र तल्ल सँभाली सामल,नेपाली साहू भोटेको त्यो दल --सँगमा मदन जिनतिन चले कष्टको कडा पथ।अनेक दुःख बाटामा सही देखेर उदेकएक मैह्नापछि मदन पुगे ह्लासाको नजीक।)अकेली मुना अत्यन्तै राम्री कमल झैं फुलेकी,बादलको चाँदी किनारा छोई जून झैं खुलेकी।कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्योपुसकी फूल झैं सुकेर गइन् आँसु नै बर्सन्थ्यो।लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसारकोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,ती दिन लामा, ती रात लामा, ती दिन उदासी,अँध्यारा रात, उज्याला रात जून नै उदासी।झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा।स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैं,एकान्तभित्र उठ्तछ गाना विरह बोले झैं।चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,सपनाभित्र उनलाई देखे उठ्न नै गार्हो छ।सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्।मनको दुःख मनैमा राख्छिन नबोली, छिपाई,छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई।उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,वैलिँदा फूल झन् हुन्छ राम्रो शरद्को समीपमा।बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,बिदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो।फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,रातका आँसु ताराका ज्योति, टप्कन्छन् महीतल।गुलाब मीठो जरामा बन्छ कीराको आहार,शहरभित्र फुलेको फूल दुष्टको शिकार।मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ।अत्यन्त राम्री यी मुना हाम्री झ्यालमा बसेकी,शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी।भवानीलाई कातेर बत्ती बेयाद रहेकी,गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,घरको वर, घरको पर त्यो घुम्थ्यो गएर।गुलाबलाई देखेर राम्रो हे भाइ नछुनूलोभले हेर्योs: मोहिनी गयो जङ्गली नहुनूसिर्जनाभित्र रचना राम्रा नजरका जुहारईश्वरको हाँसो पाएका फूल छोएर नमार(भित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केको,भित्र छ तिनको मसिनो बास्ना हावामा बल्केको,सुन्दरको सूक्ष्म स्वरूपका टुना बाहिरी नजरमा,तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा।गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले,बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले,लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,लज्जाले खुम्ची भाग्दछ देहीके माटोबाहेक हात लाग्ला केही?मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,बास्नाले मात्र सौन्दर्य छोऊआँखाको लोभ आँसुले धोऊसिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले।)घरमा आई माउर लाई नैनीले मुस्काई,हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेकोचीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको।मोतीको दाँत, हीराको जात हजूरले हाँसेकोमोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेकोछ मैना भयो खसम हजूर गएको ह्लासामा,बिर्स्यो है क्या र? हजूरलाई तरुनीखासामा।यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन्?मुनाको गाला, आगोको ज्वाला जलेर उदायोs:आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो।खामोस खाई दयाले भन्छिन्, हे नैनी भाउज्यूम अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यूयो कुरा गर अरूका कान, जो सुन्छन् लिई चाख,जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख।चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,यो मेरो मन डगाऊँ भनी नरच यो जाल।गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन।स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला।यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,के भन्नु माथि बाबुको अघि हिलोले बिगारे। दयाले नैनी ईश्वरले सिँगारेपापको भारी बोकेर फेरि उक्लनु कसोरीमनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी, नैनी फिर्दैन यसोरीस्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,मानिसहरूको मनको जगत् गर्दिन्छ पवित्र।ती तिम्रा आँखा रसाई आए, परेला अडेको,आँसुका ढिका क्या राम्रो देखें अगाडि बढेकोहे नैनी दिदी मनको मैलो आँसुले पखाल्छ,आँसुका थोपा आफैंमा खसे यो मन उचाल्छ।यी मेरा कुरा गएर तिमी अरूमा सुनाऊ,आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,नभएदेखि सङ्घारवारि हे नैनी नआऊ (बिराएँ हजूर, माफ रहोस् कसूर नैजीले जोडी हात,भुङ्ग्राले जल्यो उसको गालामानवआत्मा पतनमा पनिनिदाइरहन्न लौ हेर चालाअन्तरले उसको के भोग्यो होला शरमको बज्रपातत्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमासुत्नेलाई त्यस्तै जगाउने शक्ति सतीको वचनमा, भाइ सतीको वचनमा।)सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैं बल्दछ,त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ।तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,सुनले छाएको गुलाबी घर फोडाङमार्पोकोचुङसुक्याङ भन्ने सडक राम्रो, चूजिक्याङ बगैंचा,अस्मानी पुल यूतोक स्याँपा घाँसका गलैंचा, फूलबुट्टे चउर घाँसका बगैंचा।चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,कस्तूरीवास, सुनको रास, बाटो त उकालो,आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,मित्यारी लाई मदन बसे घरको बिर्सी हाल।छ मैना गयो, सात मैना गयो मन भो झसङ्गती मुना प्यारी, आमा बेचारी मन भो झसङ्गमनमा आए लहर जस्ता जलका तरङ्ग।परेवा उड्यो शहर नाघी जङ्घार तर्यो पार,मनले उनको पखेटा हाल्यो उडेर गयो घर।बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,मुनाका आँखा रोएर ठूला, नयन बदामी, लाम्चिला, ठूला नयन बदामीघ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,पहाडमनि पहाडी छाया साँझमा लम्बियो।बतास चीसो चम्केर आयो मनको तन्द्रामा,उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा।उदासी जून, फिकामा गए मदन डेरामा,ती आमा नाचिन् ती मुना नाचिन् आँखाको घेरामा।त्यो रात त्यसै छर्लङ्ग गयो, ओछ्यान बिझायो,छातीमा केले थिचे झैं लाग्यो आकाश रछायो(छबीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेरपश्चिमी सुनको सागरपारि गएछन् उडेरगोसाइँकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,ह्लासाको जादू घरले जित्योनेपालखाडी निरकिल्लाभित्र स्वप्नमा अड्यो हो,साहूका साथ सिकेर किल्ली बेपारमा चलेथेतीन मैना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथेकस्तूरी असल बिनाका बिना बटुली सह्यारेशिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रेसुनका माल प्रशस्तै मिले लगाउँदा लगानीआफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ निओखती केही लगेका थिए एक लामा धनीको,दमको व्यथा निमन भयो भाग्य नै बनिगो,आफूले उनले चिताएभन्दा रास थियो सुनको,नेपाल फर्की जाने भो इच्छा अब ता उनको)।लुकाई गर्हौं सुनका थैली, कस्तूरी सह्यारी,ती बिदाबारी भएर हिंडे ईश्वर पुकारी।सपना मैले के देखें आज? भैंसीले लघार्योयो मुटु काँप्छ त्यो भैंसी सम्झी, हिलामा पछार्यो, बज्यै भैंसीले लघार्यो।बुहारी मेरी शीतको सपना पिर्दैन खराब,खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप।फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,हे छोरी जस्ती बुहारी मेरी त्यसरी नकाँप।दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर।आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान, बज्यै मनको मुहानकसैका माथि कुभलो हाम्रो मनमा बसेन,पापको छाया यो हाम्रो सानो घरमा घुसेन।दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,दैवको बज्र ओह्र्लेर आए ममाथि पर्दछ, फुलेको केश, ममाथि पर्दछधेरै नै भयो खबर केही आएन ह्लासाको,चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको।बेपारीलाई कामको भीड फुर्सद पाएन,लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,वनको बाटो डाँडा र काँडा, टाढा भै आएन (नमान पीर बुहारी मेरी पीरले सुहाएनतैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छs:शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छs:खराब कुरा नसोच्नू भन्छन् अफाल्दा फर्किन्छमुटुमा चीसो पसेर आउँछ आँखिभौं फड्किन्छ, हजूर आँखिभौं फड्किन्छ।हजूर, हाम्रो अबला चोला आधार हुँदा दूरसुकेको पात झैं शीतको बेला,हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर,मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरीउडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरीहिमाललाई हेर्यो मन चीसो हुन्छ पर्वत हेर्यो नीर,हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर? हजूर के गरी रहूँ थिर?नमान पीर बुहारी मेरी असलै हुनेछ,फूल झैं छोयाँ संसार हाम्ले,न मान्छे न त दैवले हाम्लाई काँडाले छुनेछ)।