Vinod Pushpanjali


जहाँ दसै द्वार सधैं खुला छन

अहो उही प्राण समीर भाजन

फुसूफुसू सास नसिद्धिने किन

तँलाइ मालुम् छ कि यो कुरा मन

जताततै छिद्र छ बाँसुरी भरी

परन्तु बज्ने महती कलाकृति

अचम्म मान्नु किन पो पर्यो र

सबै त मान्छे कविजी शिरोमणि।।15।।