Vinod Pushpanjali


जताजता दृष्टि दियो उतैतिर

कथा प्रपञ्चादि अनन्त सुन्दर

महर्षिले जाल रचे वृथा किन

तँलाइ मालुम् छ कि यो कुरा मन

अनर्थ होला यदि जाल बुन्दछन्

महर्षि हाम्रा जुन दिव्य शक्ति छन्

बुझाउनै खातिर तत्व कारण

कथा भने उत्सुकता जगाउन।।27।।