Vinod Pushpanjali


जमाइ साम्राज्य वसी नृपासन

प्रजा खुशी पारि हुकुम चलाउन

चटक्क छोडी किन ती पसे वन

तँलाइ मालुम् छ कि यो कुरा मन

परस्परस्को स्थितिले कुनै प्रजा

कुनै त राजा तर भूत एउटै

बुझेर कोही बन पस्तछन् भने

अबूझ गर्छन् अरुमाथि शासन।।29।।