Vinod Pushpanjali


चुनेर जम्मा गरि कामिनी जन

असीम आनन्द लूटी लिनाकन

शुकादिको चित्त गएन हो किन

तँलाइ मालुम् छ कि यो कुरा मन

अथाह हो त्यो उनकै सुगम्य हो

शुकादि जो हुन् अपवाद मान्नुहोस्

गृहस्थकै किन्तु कथा सुनाउँछन्

गृहस्थको जीवन नै स्वभाव हो।।30।।