Vinod Pushpanjali


असत्य संसार सदैव देखिने

छ सत्य जो सो कहिल्यै नदेखिने

विचित्र उल्टो परिपञ्च यो किन

तँलाइ मालुम् छ कि यो कुरा मन

असत्य होलान् तर अल्पसंख्यक

छ सत्य नै सत्य सबै चराचर

परन्तु ती अल्प अगाडि आउँछन्

असत्यकै राज रहेछ लाग्दछ।।32।।