Vinod Pushpanjali


जमाउने सृष्टि सदा चतुर्मुख

डढाउने शङ्कर सृष्टिको सुख

हुँदैन होला झगडा अहो किन

तँलाइ मालुम् छ कि यो कुरा मन

किसानले खेत खनी फलाउँछन्

पुरेत स्वाहा गरिदिन्छ कर्मवत्

स्वधर्म गर्ने गर के विवाद छ

यथार्थ होद्वन्द्व कहाँ हुँदैन र।।35।।