Vinod Pushpanjali


पिएर गीतामृत शान्त भैकन

कुटुम्ब हत्यातिर लागनू किन

किरीटिले तत्व बुझे अहो कुन

तँलाइ मालुम् छ कि यो कुरा मन

निमित्त हुन् अर्जुन के रहस्य छ

नचाउने आखिर नाट्यकार हो

के पाठ कस्तो कसले पढीदिने

डराउँदा अर्जुन वीर भैदिए।।39।।