Vinod Pushpanjali


जती जगत्मा छ मनुष्यको गण

उती सबैका मनु मूल कारण

छँदा छँदै जाति पृथक् बने किन

तँलाइ मालुम् छ कि यो कुरा मन

मनु स्वयं जो नियमादि लेख्तछन्

परन्तु छोराहरुले पढेनछन्

हुँदै छ यस्तै अहिले यहाँ पनि

पढे छकाए नपढे हली भए।।40।।