Vinod Pushpanjali


विभाग वर्णाश्रमको गरीकन

जुदा जुदा जाति खडा गराउन

समर्थ को हो किन यो गरेछन

तँलाइ मालुम् छ कि यो कुरा मन

विभाग वर्णाश्रमको ठिकै थियो

पुरेतले अर्थ सही बुझेनछ

बनेछ यो जाति वृथा यताउता

समर्थवान्को रछना रहेनछ।।43।।