Vinod Pushpanjali


नयाँ कुनै दुर्विन यन्त्रको रती

सहाय केही नलिई ग्रहस्थिति

अगाडिकाले कसरी बुझे हुन

तँलाइ मालुम् छ कि यो कुरा मन

सुदृष्टिले क्यै विधिले कुनै कुनै

गुनेर जानेपछि यन्त्र बन्न गो

अगाडिका मानिस दूर दृष्टिका

गुने स्वयं यन्त्र विना सहायता।।54।।