Vinod Pushpanjali


नदी र नालाहरु रेलिँदा सब

समुद्र उर्लेर तुरुन्त बेढव

समस्त पृथ्वी नडुबाउनू किन

तँलाइ मालुम् छ कि यो कुरा मन

समुद्रको पेट ठुलो अथाह छ

नदी सहस्रौं उदरस्थ पार्दछ

परन्तु छट्टाउन पाउँदैन ऊ

बुझे हुने मानिसले विधान यो।।56।।