Vinod Pushpanjali


जती कमायो धनधान्य सम्पति

तुरुन्त तृष्णा लहरी उतीउती

बढेर जाने जनमैभरी किन

तँलाइ मालुम् छ कि यो कुरा मन

यही त हो सम्पति नै मनुष्यको

अघाउँदैनन् जति लेख लेख्तछन्

परार्थ तृष्णा शुभकामना छ है

वितृष्ण गर्दैन स्वयम् न अन्यको।।60।।