Vinod Pushpanjali


झिलिक्क झिल्के विजुलीसरी सव

तुरुन्त छोडीकन जीवनोत्सव

अहो कती जीव गए कहाँ किन

तँलाइ मालुम् छ कि यो कुरा मन

कुनै कसैको पनि हैन कल्पना

विधान हो जीवन जान्छ आउँछ

अपूर्ण जो लाग्दछ एक अङ्ग हो

समष्टिमा भूतल पूर्णपात्र छ।।9।।