Kunjani


देऊ मलाई एक घुट्को पानी, देऊ मलाई पशुपतिपर्साद,

तुना सारा फुकाइदेऊ आँखा मेरो हेरेर लेऊ याद।

रात निक्कै अगाडि बढ्यो आज कोई अँधेरी पखेटा,

आज मलाई बोलाउने सपना दुख्न छोड्यो घाउको सब याद,

खालि छाती जले झैं प्राण, खालि यौटा पखेरु तयार,

धेरै छैन सासको घडी, देखें आज पीर्तिको मुहार।।17।।