Kunjani


अलि केही तङ्ग्र न सँगी अलि केही बल गरी चढ न,

पहाडमा नफर्की त्यसै परदेशमा मर्दिनँ भन न।

पशुपतिलाई सम्झन सँगी जिउनु यौटा भुङ्ग्रो र भूटो हो,

लडाइँका बहादुर सँगी एक बाजी काललाई हुँक्का दीs:

हाम्रा आँखा हेरेर सँगी गर्माऊ न त्यसै खस्कन

हाम्रा छाती घुँक्कन तयार त्यसै खस्की सेलाउन्न भन न।

कालभैरव बत्ती ता सम्झ, काललाई पन्साइदेऊ न।

पीरतिको मुटुको गाँठो चुँडिएको सम्झ त जीवन।।18।।