Kunjani


स्वर्गमा बले सुनका ज्वाला,

चुलीले लाए सुनका माला,

कोल्पूले सम्झिन् सुनका बाला।

भेडाले आँगका फरफर पारे,

सुकिला ऊनबादलउज्याला।

छहरा गाउँछिन् पीर्तिको नाला,

लालमोहर लाग्यो स्वर्गमा हेर,

वचनमा तिम्रो कबूलका माला,

बिर्सियौ भने बल्नेछ ज्वाला,

दनदन पार्ला संसार टाला।

वसन्त बोल्छ फूलका डाला,

सुनेर हाँसे पर्वतका माला,

बेइमानी दिललाई नरकका ज्वाला,

सच्चाको दिललाई मोतीको माला।

फूलका बन्लान् महका प्याला,

यो दिनलाई कल्ले मेटेर जाला,

आउँदछन् परी स्वर्गका हेर्न

निदाउँदा तिम्रा मनका चाला।

कुञ्जिनी भन न

तिमीलाई राखी आँखामा सुत्छु

तिमीलाई सम्झी बिहान उठ्छु।

कोल्पूका सुन झैं तिमीमा बुड्छु,

स्वर्पङ्खे चरो बनेर उड्छु

हे मेरी जीवन।।13।।