Vinod Pushpanjali


समस्त आकाशविषे टनाटन

थरीथरी सुन्दर सृष्टि साधन

भएछ उत्पन्न कसो गरी कन

तँलाइ मालूम् छ कि यो कुरा मन

भनीसकें प्राकृत धर्म यो अहो

अनित्यका निंति अचम्म लाग्दछ

निकाम जो शाश्वत हो अमर्त्य छ

नसिर्जना हो न त नष्ट हुन्छ।।6।।