Vinod Pushpanjali


निशाविषे माथि सधैं वरीपरी

अनन्त ज्योति गजमोतिले सरी

झुली रहेका किन हो, ती को हुन्

तँलाइ मालुम् छ कि यो कुरा मन

प्रभातको ज्योतिसँगै हराउँछन्

निशा छँदा सम्म त चम्िकदै रहुन्

प्रकाशका पिण्ड सबै हुँदैनन्

वृथा झुले ती अरुका प्रकाशले।।5।।