Vinod Pushpanjali


म वाच्य को हो कसरी कहाँ बसी

रहेछ त्यो इन्द्रिय जालमा पसी

चिनिन्न आफूकन आफुले किन

तँलाइ मालुम् छ कि यो कुरा मन

मनुष्य हुँ ब्रह्म विवेक खातिर

निवास हो इन्द्रिय, जाल होइन

रहस्य यो मानवसिर्जना फगत्

स्वयं सबै हो तर भन्छ चिन्दिन।।2।।