Vinod Pushpanjali


कदापि कत्ती नलगाइ ठक्कर

ग्रहादिलाई दिनहूँ निरन्तर

घुमाउने को छ खडा भईकन

तँलाइ मालुम् छ कि यो कुरा मन

स्वधर्मले चल्छ जगत् सबैतिर

स्वयं नियन्ता ग्रह खेचरादि छन्

अदृश्य कोही पनि छैन है बुझ्यौं

विवेक विज्ञान लगाउने गरौं।।4।।