Vinod Pushpanjali


मरेर जानेछु म एकलै भनी

यथार्थ जाहेर छँदा छँदै पनि

अनेक टण्टा बटुली लिनू किन

तँलाइ मालुम् छ कि यो कुरा मन

मरेर कात्रो पनि चाहिने हुँदा

बटुल्नु टण्टा अनिवार्य नै भयो

हरेकको अर्थ छ, छैन क्यै वृथा

भगाउनेका मतिमा नलाग है।।64।।