Vinod Pushpanjali


शरीर कच्चा छ उमेर अस्थिर

नपर्खने काल सधैं छ धर्मर

हिरिक्क व्यर्थै सुखमा हुनू किन

तँलाइ मालुम् छ कि यो कुरा मन

मरेर जाने नभए त जीवन

भएर भारी खपिसक्नु के हुने?

उमेर तोकी अमरै गरीदिने

सुखान्तका नाटककार धन्य छौ।।65।।