Kunjani


त्रिशूलीमाथि खँगारे भीर झिल्टुङको पहाडको चोइटामा,

त्रिकोण परी झरेको पहाड कहानीले लैजाने चोइटामा।

कोल्पू नदी त्रिशूलीसाथ भेट गर्ने गहीरो खाडीमा,

आँप लिच्ची बगैंचा बारी नाङ्गो अग्लो पूर्वको चोइटामा।

तीन बाँस अग्लो छ ठाउँ दुवैतरफ जङ्गल झम्म छ,

त्यसमनि भुँवरी ठूलो फनफन घुमेर जम्दछ।

बाघ त्यहाँ चढ्दैन भन्छन् ठाडै सोझो खँगारे भीरमा,

माथिबाट नहेर्नु तल झन्छन् त्यहाँ कहाली तीरमा।

बसिलाले ताछेको जस्तो घाउ लागेको पहाड छाती छ,

त्यस भीरको त्यो ठाडी छाती तलतिर गहीरो राती छ।।4।।