Kunjani


आकाशकी अप्सरा,

चाँदीको किरण कुचो

फूल फूलको पहाड माथि

अमृतको रसमा चोभी

हरिया पहाडलाई

जलप दिएर।

सुनजाइ फुल्छे जाति

हाँगामा ढुङ्ग्री सजी

झप्प गरेर।

रङ्ग र रोगन फुल्छ

बास्नामा बैंस झुल्छ

पीर्तिको पन्ना जगत्

मगमग भरेर

जूनको किरणमा, आइन् झरेर।

फूलका नसा तिनमा

वसन्ती रसका वनमा,

पहाडको फुल्दो फल्दो

मोहनी तिनमा बल्दो

वारि र पारिको टूना भरेर।।6।।